कर्मकाण्ड
न्वारान मा पिपल को पत्तामा नाम लेख्ने तरिका
श्री गणेशाय नम: श्री मंगलमूर्तये नम: ।
( नक्षत्र को नाम) नक्षत्रे चरणे वा पादे,
जात- (नामको पहिलो अक्षर ) आद्य अक्षरेण (नाम) नाम बालक दीर्घायुभूयात्!
उदाहरण : मानौ अश्वनी नक्षत्रको तेस्रो पाउमा जन्म भएछ भने,
अश्विनी नक्षत्रे तृतीय चरणे वा पादे,
जात- 'चो, आद्यक्षरेण चोलेन्द्र नाम बालक दीर्घायुभूयात्!